सिन्धुलीको खुर्कोटमा ओम अस्पतालकाे स्वास्थ्य शिविर
काठमाडौं : चावहिलस्थित ओम अस्पतालले सिन्धुलीको खुर्कोटमा निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा अस्पतालले शनिबार शिविर सञ्चालन गरेको हो।
शिविरमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बीएन कोइरालाको नेतृत्वमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसूती रोगलगायत सेवा उपलब्ध गराइएको थियो। विशेषज्ञ टोलीले एक्स–रे, अल्ट्रासाउण्ड, प्याथोलोजी लगायत सेवासहितको बृहत स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो।
शिविरमा विभिन्न रोगको उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिकाका साथै रामेछाप र ओखलढुंगा जिल्लाबाट आएका ५०० बिरामीले सेवा लिएका थिए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा