अस्पतालमा अभावै अभाव
ललितपुर : गोदावरी नगरपालिका–१० मा रहेको बज्रबाराही चापागाउँ अस्पतालले जनशक्ति र उपकरण अभावका कारण प्रभावकारी सेवा दिनसकेको छैन।
नगरपालिकाले पर्याप्त बजेट नछुट्ट्याएका कारण अस्पतालमा समस्या देखिएको हो। अस्पतालमा कतिपय प्रविधि पुराना भएका र आधुनिक प्रविधि जडान गर्न नसक्दा बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ।
प्रयोगशालामा काम गर्ने जनशक्ति अभाव हुँदा १२ घण्टामात्र सेवा दिन सकेको अस्पतालका व्यवस्थापक मधुराम केसीले जानकारी दिए। उनका अनुसार नगरपालिकाले प्रशासनिक खर्चका २० लाख र औषधि खरिदका लागि १० लाख रुपैयाँ दिएको छ। यो रकमले वर्षभरिका लागि औषधि नपुग्ने केसीले बताए।
नगरपालिकासँगै तीन गाउँपालिका र मकवानपुर जिल्लाकासमेत बिरामी उपचारका लागि आउने गरेका छन्। पहिले दातृ निकायको सहयोगमा सञ्चालित हुँदाभन्दा अहिले स्थानीय सरकारको मातहतमा आउँदा बिरामीको चाप घटेको छ।
१५ शय्याकाे बज्रबाराही सामुदायिक अस्पताल गत असोज १ गते बज्रबाराही चापागाउँ अस्पतालमा परिणत भएको थियो। अस्पताल सामुदायिक छँदा नियुक्त भएका कर्मचारीलाई तलब खुवाउन निकै ग्राहो भएको अस्पतालका निमित सुपरटेण्डेन्ट डा. किसन नेपालीले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा