नेपाली सेनाकाे स्वास्थ्य शिविरमा ३४ हजारले लिए सेवा
महोत्तरी : नेपाली सेनाद्वारा सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढीले सेवा लिएका छन्।
गत मंसिर २७ गतेदेखि आइतबारसम्म खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुषले सेवा लिएको सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीले जानकारी दिए। यस्तै दुई हजार ३५ जनाले परामर्श सेवा लिएका थिए।
शिविरमा १९३ पुरुष र १३६ महिलाकोजटिल शल्यक्रिया भएको ६० लाख रुपैयाँबराबरको औषधि निःशुल्क उपलब्ध गराइएको शिविरका सूचना अधिकारी सेनानी नवीन कुँवरले जानकारी दिए।
शिविरमा नेपाली सेनाका ६० विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी सहित १६५ जनाको टोलीले उपचार गरेको थियो। शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार लिएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण