नेपाली सेनाकाे स्वास्थ्य शिविरमा ३४ हजारले लिए सेवा
महोत्तरी : नेपाली सेनाद्वारा सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढीले सेवा लिएका छन्।
गत मंसिर २७ गतेदेखि आइतबारसम्म खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुषले सेवा लिएको सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीले जानकारी दिए। यस्तै दुई हजार ३५ जनाले परामर्श सेवा लिएका थिए।
शिविरमा १९३ पुरुष र १३६ महिलाकोजटिल शल्यक्रिया भएको ६० लाख रुपैयाँबराबरको औषधि निःशुल्क उपलब्ध गराइएको शिविरका सूचना अधिकारी सेनानी नवीन कुँवरले जानकारी दिए।
शिविरमा नेपाली सेनाका ६० विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी सहित १६५ जनाको टोलीले उपचार गरेको थियो। शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार लिएका थिए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा