चिसाेले विद्यालय बन्द
सप्तरी : चिसाेका कारण सप्तकोसी नगरपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।
तीन दिनयतता शीतलहर चलेपछि नगरपालिकाअन्तर्गतका चार माध्यमिक र सात आधारभूत गरी ११ वटा सामुदायिक विद्यालय सोमबारसम्मका लागि बन्द गरिएको हाे।
चिसो बढ्दै गएपछि विद्यार्थीको संख्या घटेको र बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।।
आइतबारसम्ममा पनि मौसममा सुधार नआए थप केही दिन विद्यालय बन्द गरिने बताइएकाे छ। सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी दलित तथा विपन्न वर्गका छन्। उनीहरूसँग न्यानो कपडा नभएकाले विद्यालय बन्द गर्नु नै उपयुक्त ठानेको उनको भनाइ छ । चिसोका कारण जिल्लाका अन्य विद्यालयमा समेत विद्यार्थी संख्या घटेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण