बंगलादेशमा डेंगुले १४१ जनाको मृत्यु
लामखुट्टेको टोकाइका कारण आउने डेंगु ज्वरोका कारण यो वर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या १४१ पुगेको छ।
डिसेम्बर १ देखि १८ सम्ममा डेंगु भाइरसबाट संक्रमित भई अस्पताल भर्ना हुने बिरामीको संख्या एक हजार ८३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्यांकमा डेंगुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो।
नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति संक्रमणपछि अस्पताल पुगेका थिए। गत वर्षको तुलनामा डेंगुका कारण मृत्यु हुनेको संख्या झण्डै पाँच गुणा बढेको र संक्रमण झण्डै १० गुणामा देखिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित