प्रधानमन्त्री ओलीको १०औँ पटक डायलासिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको १०औँ पटक डायलासिस गरिएको छ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार अपराह्न उनको डायलासिस गरिएको हो।
मिर्गौलाको आयु बढाउन सिंगापुरमा गत भदौमा ६ पटकसम्म गरिएको प्लाज्मा फेरोसिसले काम नगरेपछि ओली गत कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर दुई पटकसम्म डायलासिस गराएका थिए।
एपेन्डिसाइटिसको अप्रेसनपछि मनमोहनको १० दिनसम्म आईसीयूमा रहने क्रममा प्रधानमन्त्री ओलीको मिर्गौलाको पनि डायलाइसिस भएको थियो।
१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरेको मिर्गौलाले करिब काम गर्न छाडिसकेको अवस्थामा नियमित डायलाइसिस भइरहेको छ। चिकित्सकहरूले एपेन्डिसाइटिसको घाउ बिसेक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी गर्ने बताएका छन्





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण