जिल्ला अस्पतालमा चार प्रकारका बिरामीलाई निःशुल्क उपचार
डाेटी : जिल्ला अस्पतालमा चार प्रकारका बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन्।
अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालमा स्वास्थ्य उपचार गर्न आउने ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।
अध्यक्ष जोशीका अनुसार जिल्ला अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्स–रे तथा ल्याबमा कुनै पनि प्रकारको शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ।
सेवा लिन आउने उक्त प्रकारका व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य देखाउनु पर्नेछ। जिल्ला अस्पताल डोटीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक भर्ना गर्ने निर्णयसमेत गरेको छ।
अस्पतालको विकास तथा थप सुधारका लागि समितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समिति आएपछि अवरुद्ध कामले निरन्तरता पाउने भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण