जाजरकाेटका सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरु
जाजरकोट : सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन जिल्लाका सात वटा स्थानीय तहले सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरु गरेका छन्। संघीय सरकारको अनुदानमा यहाँका सबै स्थानीय तहले नयाँ स्वास्थ्य संस्था निर्माण कार्य शुरु गर्नुका साथै स्वास्थ्यकर्मी भर्ना अभियान थालेका हुन्।
नलगाड नगरपालिकाको दल्ली, तल्लु, कैना, लहँ, चौखा र औलगुत्तामा स्वास्थ्य रहेका थिए। ती स्वास्थ्य सबैको पहुँचमा नभएको भन्दै नगरपालिकाले नगरभित्रका १, ४, ५, ६ ९, १० र १२ नम्बर वडामा नयाँ स्वास्थ्य संस्था निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए। उनका अनुसार पुरानो भएको ठाउँबाट सबै ठाउँका स्थानीय बासिन्दाको पहुँच नपुग्ने भन्दै नयाँ दरबन्दी सिर्जना गरी स्वास्थ्य संस्था स्थापना गर्न लागिएको हो। स्वास्थ्यकर्मी नियुक्तिको कामसमेत शुरु भइसकेको उनले जानकारी दिए।
त्यस्तै बारेकोट गाउँपालिकाका ३, ४, ५, ६, ७ र ९ मा नयाँ स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएको छ । बोलपत्र आह्वान भई काम शुरु गर्ने तयारीमा पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। सदरमुकामको भेरी नगरपालिका नयाँ सात वटा स्वास्थ्य संस्था निर्माण हुन लागेका छन्। ५० शय्याको स्वास्थ्य सेवा कार्यालय रहेको भेरी नगरपालिकामा स्वास्थ्य संस्था नभएका वडामा दरबन्दीसहितका स्वास्थ्यकर्मी र नयाँ भवन निर्माण हुन लागेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।
कुशे गाउँपालिकामा १, ३, ६ र ७ मा नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरी स्वास्थ्यकर्मी भर्ना करिब टुङ्गिएको प्रमुख प्रशासकीय कृष्णश्याम पौडेलले जानकारी दिए।
जिल्लाको अतिविकट स्थानीय तह जुनीचाँदे गाउँपालिका–७ वटा वडामा नयाँ भवन निर्माणको काम शुरु भएको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए। २, ३, ४, ६, ७, ८ र १० नम्बर वडामा निर्माण शुरु भएको हो। त्यसैगरी शिवालय गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम शुरु हुने प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित