स्पार्क हस्पिटल विराटनगरले निशुल्क स्वास्थ्य शिविर गर्दै
काठमाडौं : स्पार्क नेचुरोपेथी तथा फिजियोथेरापी अस्पताल विराटनगरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालले आफनो चौंथो वार्षिकोत्सवको अवर पारेर यही पुस ९र १० गते निशुल्क शिविर गर्न लागेको अस्पतालका अध्यक्ष रुपेस अधिकारीले जानकारी दिए ।
शिविरमा आउने विरामीलाई काठमाडौंबाट गएका विशेषज्ञ चिकित्सकहरुले जाँच गर्ने छन्। नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा प्राकृतिक रुपबाट गरिने उपचारप्रति विरामीलाई प्रेरित गर्ने र रोग लागिसकेकालाई प्राकृतिक माध्यमबाट उपचार गर्ने उद्देश्यले शिविर गर्न लागिएको पनि अधिकारीले बताए ।
शिविरमा हड्डी खिइएकोे, बाथ, नशा च्यापिएको, हाडजोर्नीको दुखाई, प्यारालाइसिस, ढाड दुख्ने लगायतका समस्याको विशेष उपचार हुनेछ। यसका साथै शिविरमा आउने विरामीलाई औषधिमा समेत विशेष छुट प्रदान गरिनेछ । अस्पताल प्रांगणमा हुने शिविर बिहान ८ बजेदेखि ४ बजेसम्म चल्नेछ । शिविरको दोस्रो दिन वृहत रत्तदान कार्यक्रम समेत राखिएको छ ।
दुई दिनसम्म चल्ने उक्त शिविरमा झण्डै ३ सय ५० जना विरामीले सेवा लिने आयोजकको अपेक्षा छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण