फागुन र चैतमा दादुरा–रुबेलाविरुद्ध विशेष खोप अभियान
काठमाडौं : सरकारले आगामी फागुनमा दादुरा र रुबेलाविरुद्ध खोप अभियान चलाउने भएको छ।
सन् २०२३ सम्ममा दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष्यअनुरूपविशेष खोप अभियान सञ्चालन गर्न लागेको मंगलबार कार्यक्रम गरी परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जानकारी दिएको हो।
दुई चरणमा गरी दिइने खोप प्रदेश नम्बर १, २ र ५ मा फागुन महिनाभर सञ्चालन गरिने शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत महिनाभर सञ्चालन हुनेछ। खोप लिनुपर्ने र यसअघि लिइसकेका बालबालिकालाई अनिवार्य गरिएको छ।
अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्षसम्मका ३० लाख बढी बालबालिकालाई सो खोप दिन लागिएको डा. शर्माले जानकारी दिए। अभियानमा १० हजार स्वयंसेवक, ६ हजारभन्दा बढी स्वास्थ्य कार्यकर्ता सहभागी हुने उनले बताए। यसका लागि ४५ हजार खोप केन्द्र तोकिने जानकारी दिइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण