Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघको निर्वाचन: एक जनाले लिए उम्मेदवारी फिर्ता, स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी

चिकित्सक संघको निर्वाचन: एक जनाले लिए उम्मेदवारी फिर्ता, स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि ३१ जनाले उम्मेदवारी दिएकोमा एक जना सदस्यले भने आफनो नाम फिर्ता लिएका छन्।

आगामी माघ महिनामा हुन लागेको संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि सदस्य पदका लागि उम्मेदवारी दिएका डा मनोहरदिन सैयदले उम्मेदवारी  फिर्ता लिएका हुन् । उनको यो उम्मेदवारी फिर्तासँगै उम्मेदवारहरुको अन्तिम संख्या ३० भएको छ ।

संघले आगामी निर्वाचनका लागि गत २८ गते सम्म उम्मेदवारी दर्ता गराउन समय सिमा तय गरेको थियो। सोही अनुरुप ३१ जनाले नाम दर्ता गराएका थिए । यसैगरी उम्मेदवारी दिएका उम्मेदवारको सम्बन्धमा दावी विरोध गर्ने र उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै सोमबार १ बजेसम्मको समय तय गरिएको थियो । संघको चुनाव आगामी माघ महिनामा हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार