गर्भवती र सुत्केरीलाई वडाध्यक्षकाे ‘पोषण प्याकेज’
अर्घाखाँची : सन्धिखर्क नगरपालिका–१२ डिर्भनाले ‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण कार्यक्रमको शुरु गरेको छ ।
गर्भवती र सुत्केरीलाई थप पोषिलो खाना खुवाउन पोषण सामग्री वितरण शुरुआत गरिएको वडाध्यक्ष नारायण खड्काले जानकारी दिए।
पहिलोपटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाँच गर्नेलाई एक क्यारेट अण्डा, एक\एक किलो चना र केराउ वितरण गरिएको छ।
वडा कार्यालयबाट पोषण प्राप्त हुने सामग्रीको वितरण गरेपछि गर्भवती हुने महिलामा चेतना अभिवृद्धि हुनेसँगै पोषणको मात्रा पनि पूरा हुने भएकाले पोषण कार्यक्रम शुरुआत गरेको उहाँले जानकारी दिनुभयो।
नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडि बढेको बताए। वडामा रहेका सबै गर्भ परीक्षण गराएका र सुत्केरी महिलालाई पोषण सामग्री वडाले वितरण गर्नेछ।
उपप्रमुख ठाकुर विकले वितरण गरिएको पोषणबाट थप केही कुरा सिक्दै नियमितरुपमा शरीरलाई पोषणको मात्रा बढी चाहिने हुनाले पालना गर्न गर्भवती तथा सुत्केरीलाई आग्रह गरे। प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्भवती रहँदा तथा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यलाई स्वस्थ राख्न निकै ध्यान दिनुपर्नेमा जोड दिए।
महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रमअन्तर्गत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीले सहजीकरण गरेको थियो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेललगायतले पोषणको महत्त्वमाथि चर्चा गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण