Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति, प्रमुख नै आउँदैनन् नियमित कार्यालय

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति, प्रमुख नै आउँदैनन् नियमित कार्यालय

महोत्तरी : जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति भेटिएको छ। आयुर्वेद केन्द्रका कर्मचारी प्रायः कार्यालय नआएरै तलब खान्छन्।

१० जनाको दरबन्दी रहेको सो केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा आएको देखिँदैन भने अन्य कर्मचारी पनि यस्तै पालो मिलाएर कार्यालयमा अनुपस्थित रहने गरेको अनुगमनका क्रममा फेला परको छ।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश आयुर्वेद महाशाखाका अधिकारी सुजित शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलगायतको टोली स्वास्थ्य केन्द्रमा पुग्दा कर्मचारीहरू अनुपस्थित भेटिएका थिए।

अनुगमनका क्रममा केन्द्रमा रहेको औषधि वितरण कक्षमा धेरै औषधि म्याद गुज्रेको अवस्थामा भेटिएको थियो भने पर्याप्त मात्रामा औषधिसमेत उपलब्ध नरहेको देखिएको थियो। अनुगमन टोलीले त्यस स्वास्थ्य केन्द्रमा केन्द्रको लेटरप्याड, लेखपढ गर्ने कुनै कागजपत्र र कार्यालयको बोर्डसमेत नरहेको फेला पारेको थियो।

राज्यमन्त्री शर्माले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई आवश्यक कारवाही गर्ने बताए।

आयुर्वेद महाशाखाका शर्माले गत आवमा मात्रै त्यस स्वास्थ्य केन्द्रमा ४० लाखको औषधि उपलब्ध गराइएकामा अहिले  औषधि नरहेको, भएको औषधि पनि म्याद गुज्रिएको र म्याद गुज्रिएकै औषधि बिरामीहरूलाई वितरण गरिएकाे पाइएकाले यसमा संलग्न सबैलाई आवश्यक कारबाही गर्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार