चिकित्सकको चुनावमा प्रजातान्त्रिक र प्रगतिशील प्यानल
काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा दुई प्यानल खडा भएको छ। उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने अन्तिम दिन शनिबार प्रजातान्त्रिक समूह र प्रगतिशील समूहको नाम दर्ता भएको हो।
प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा. लोचन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। प्रगतिशील समूहबाट डा. पुष्पमणि खरालले उम्मेदवारी दिएका छन्।
अध्यक्षसँगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ। डा. बद्री रिजाल, डा. अजयकुमार मिश्र, डा. दीपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले महासचिवका पदका लागि मनोनयनपत्र दर्ता गराएका हुन्। केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष र सदस्य गरी ३१ जनाले मनोनयनपत्र दर्ता गराएको संघका केन्द्रीय सदस्य डा. विश्वराज दवाडीले बताए।
नेपाल चिकित्सक संघको निर्वाचन शाखाहरूमा माघ ४ र ५ गते जिल्लाहरूमा र केन्द्रमा १७ देखि २१ गतेसम्म हुने बताइएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो