चिकित्सकको चुनावमा प्रजातान्त्रिक र प्रगतिशील प्यानल
काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा दुई प्यानल खडा भएको छ। उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने अन्तिम दिन शनिबार प्रजातान्त्रिक समूह र प्रगतिशील समूहको नाम दर्ता भएको हो।
प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा. लोचन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। प्रगतिशील समूहबाट डा. पुष्पमणि खरालले उम्मेदवारी दिएका छन्।
अध्यक्षसँगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ। डा. बद्री रिजाल, डा. अजयकुमार मिश्र, डा. दीपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले महासचिवका पदका लागि मनोनयनपत्र दर्ता गराएका हुन्। केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष र सदस्य गरी ३१ जनाले मनोनयनपत्र दर्ता गराएको संघका केन्द्रीय सदस्य डा. विश्वराज दवाडीले बताए।
नेपाल चिकित्सक संघको निर्वाचन शाखाहरूमा माघ ४ र ५ गते जिल्लाहरूमा र केन्द्रमा १७ देखि २१ गतेसम्म हुने बताइएको छ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण