नोभामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर: ललितपुरको थसिखेलमा रहेको नोभा इन्टरनेशनल डाइग्नोष्टिकमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपालकै पहिलो वंशाणुगत रोग सम्बन्धी ल्याबले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।
एक दिने उक्त स्वास्थ्य शिविर जनरल चेक अप एवं स्त्री रोगमा केन्द्रित गरिएको थियो। यसका साथै आवश्यक सबै जाँचमा विशेष छुट समेत प्रदान गरिएको थियो।

ल्याबकी वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले एक दिने स्वास्थ्य शिविरबाट दुई सय बढी सर्वसाधारण लाभान्वित भएको बताएकी छिन्। डा ठाकुरले अझै पनि धेरै जना रोग लागेर लक्षण नदेखिएसम्म जाँच गर्न अस्पताल नजाने गरेको भन्दै सेन्टरले आगामी दिनमा पनि यस्ता शिविरहरुको आयोजना गर्ने बताएकी छिन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण