नोभामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर: ललितपुरको थसिखेलमा रहेको नोभा इन्टरनेशनल डाइग्नोष्टिकमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपालकै पहिलो वंशाणुगत रोग सम्बन्धी ल्याबले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।
एक दिने उक्त स्वास्थ्य शिविर जनरल चेक अप एवं स्त्री रोगमा केन्द्रित गरिएको थियो। यसका साथै आवश्यक सबै जाँचमा विशेष छुट समेत प्रदान गरिएको थियो।
ल्याबकी वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले एक दिने स्वास्थ्य शिविरबाट दुई सय बढी सर्वसाधारण लाभान्वित भएको बताएकी छिन्। डा ठाकुरले अझै पनि धेरै जना रोग लागेर लक्षण नदेखिएसम्म जाँच गर्न अस्पताल नजाने गरेको भन्दै सेन्टरले आगामी दिनमा पनि यस्ता शिविरहरुको आयोजना गर्ने बताएकी छिन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !