जिल्ला अस्पतालमै छैनन् चिकित्सक
डोटी : जिल्ला अस्पतालमा चिकित्सक नहुँदा समस्या भएको छ। यहाँका चिकित्सक समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् ।
चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने चिकित्सक समेत अभाव छ। शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा. भूषण मिश्रको सरुवा काठमाडौंमा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका चिकित्सक छैनन्। डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता छ।
जिल्ला अस्पताल व्यवस्थापन समितिले शव परीक्षण गर्ने डाक्टर ल्याउने तयारी भइरहेको जनाएको छ। व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जिल्ला अस्पतालमा शव परीक्षण गर्नेदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण