स्याङ्जामा सुरक्षित गर्भपतन गराउने बढे
स्याङ्जा : जिल्लामा सुरक्षित रूपमा गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको छ। पाँच नगरपालिका र छ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जाका २० स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।
तालिमप्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित मानिन्छ’, गराइएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने, ‘कार्यालय प्रमुख शर्माले भने, ‘जिल्लाका २० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने त्यहाँ तालिमप्राप्त चिकित्सक तथा नर्सहरूले सेवा दिँदै आएका छन्।’
सूचीकृतबाहेक जिल्लाका अन्य निजी क्लिनिकमार्फत असुरक्षित गर्भपतन गराउने क्लिनिकलाई विगतमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनपछि कारवाही गरिएको बताएको छ। त्यसैले पनि सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
गर्भ निरोधका साधनको प्रयोगमा विस्तारै पहुँच बढ्दै जानु, त्यसबारे चेतनाको स्तर वृद्धि हुनु, जिल्लाका पायक पर्ने स्थानका स्वास्थ्य संस्थामा दिइने सेवा प्रभावकारी र गोपनीय हुनुले सुरक्षित गर्भपतन गराउने बढेको बताइएको छ ।
स्याङ्जाका ११ पालिकाका २० वटा स्वास्थ्य संस्थाका पाँच स्वास्थ्य संस्थामा १२ हप्तासम्मको र पन्ध्र वटामा नौ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण