प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपण पेटकाे घाउ निकाे भएपछि
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस सकी मंगलबार राति बालुवाटार फर्किएका छन्।
साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको हो। डायलासिस गरी प्रधानमन्त्री ओली राति नै बालुवाटार फकिएको उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाले जानकारी दिइन्।
एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ पूर्णरूपमा निको भएपछि मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढाउने उनले बताइन्।
एपेन्डिइसाटिसको शल्यक्रियापछि १० दिनको अस्पताल बसाइ सकी उनी गत बिहीबार सरकारी निवास बालुवाटार फर्किएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित