डोटीका स्वास्थ्यकर्मी आन्दोलनमा
डोटी : सहकर्मी पक्राउ परेको विरोधमा जिल्लाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। प्रहरीद्वारा पक्राउ परेका स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई रिहा गर्न माग गर्दै उनीहरूले आन्दोलन शुरु गरेका हुन्।
गत मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा भट्टले डीपीटी पेन्टा खोप लगाएपछि स्थानीय बालक प्रवीण मल्लको मृत्यु भएको थियो। बालकको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यसको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरूले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। उनीहरूले प्रजिअ टेकनारायण पौडेलमार्फत गृह मन्त्रालयका सचिवलाई ज्ञापनपत्रसमेत पठाएका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो