प्रधानमन्त्री ओली फलोअपका लागि अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
ओली नियमित डायलासिसका लागि साँझ अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री डायलासिस सकेर मंगलबार नै निवास फर्किनेछन्।
‘प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७:३० बजेतिर अस्पताल जानुभएको छ’,थापाले भने, ‘डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुनेछ।’
यसअघि मंगलबार नै प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए।
एपेन्डिइसाटिसकाे शल्यक्रियापछि १० दिनको अस्पताल बसाइ सकी उनी गत बिहीबार सरकारी निवास बालुवाटार फर्किएका थिए।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स