नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच यस्ताे सहमति
काठमाडौं : वीरगञ्जस्थित नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच बढी शुल्क फिर्ता गर्ने विषयमा चारबुँदे सहमति भएको छ।
मंसिर १० मा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरूबीचकाे वार्तापछि साेमबार चारबुँदे सहमति भएको हाे।
कलेजले शैक्षिक वर्ष २०७५\७६ का पहिलो किस्ता र अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरूको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन, होस्टल र खानाको कटौती गरेर बाँकी रकम आगामी किस्तामा समायोजन गर्न कलेज सहमत भएको छ। समायोजनको सूची एक सातामा प्रकाशन गर्ने प्रतिबद्धता कलेजले जनाएकाे छ।
२०७५\७६को हकमा तोकिएको शुल्कबाहेक अरु तत्काल समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ। आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने र विद्यार्थीले पनि आन्दोलन फिर्ता लिने सहमति भएको छ।
हेर्नुहाेस् सहमतिपत्र–







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण