नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच यस्ताे सहमति
काठमाडौं : वीरगञ्जस्थित नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच बढी शुल्क फिर्ता गर्ने विषयमा चारबुँदे सहमति भएको छ।
मंसिर १० मा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरूबीचकाे वार्तापछि साेमबार चारबुँदे सहमति भएको हाे।
कलेजले शैक्षिक वर्ष २०७५\७६ का पहिलो किस्ता र अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरूको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन, होस्टल र खानाको कटौती गरेर बाँकी रकम आगामी किस्तामा समायोजन गर्न कलेज सहमत भएको छ। समायोजनको सूची एक सातामा प्रकाशन गर्ने प्रतिबद्धता कलेजले जनाएकाे छ।
२०७५\७६को हकमा तोकिएको शुल्कबाहेक अरु तत्काल समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ। आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने र विद्यार्थीले पनि आन्दोलन फिर्ता लिने सहमति भएको छ।
हेर्नुहाेस् सहमतिपत्र–
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने