आँखा अस्पताललाई ५० लाख रुपैयाँ
दाङ : नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
गत वर्षको अधुरो भवनको भौतिक निर्माण सम्पन्न गर्न रकम विनोयोजन गरिएको निर्वाचन क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले जानकारी दिए।
त्यस्तै लमही आँखा अस्पतालको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएसँगै कर्मचारी आवास भवन निर्माण शुरु गरिएको र सो रकम यस आर्थिक वर्षमा पनि भवनमा लगाउने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए। अस्पतालमा भौतिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र अब कर्मचारी भवन निर्माणसँगै कर्मचारीलाई पनि आवासका लागि सहज हुने अस्पतालले जनाएको छ।
अस्पतालका लागि गत वर्ष पनि ५० लाख रकम विनियोजन भएको थियो। सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र