विधिभन्दा पनि व्यक्ति केन्द्रित रहेछ स्वास्थ्य मन्त्रालय: स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय विधि भन्दा पनि व्यक्ति केन्द्रित रहेकाले यसलाई सुधार्न आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च र अन्य पत्रकारसँग मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले मन्त्रालय विधिमा चल्न नसकेको भन्दै यसलाई विधिसम्मत चल्ने बनाउनुपर्ने बताएका हुन्। पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले आफू आएको एक महिना पनि नभएको भन्दै यो छोटो समयमा अझै धेरै कुरा बुझ्न नपाएको भन्दै अहिलेसम्म सरसरती बुझ्दा मन्त्रालय व्यक्तिमा केन्द्रित जस्तो देखिएको बताए । उनले भने, ‘कुनै पनि संस्था जबसम्म विधिसम्मत चल्दैन त्यसले प्रगती गर्न सक्दैन त्यसैले यसलाई विधिमा चलाउने जिम्मेवारी अब मेरो हो । म चलाएरै छोड्छु ।’
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य विटमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारहरुको उपस्थिती थियो । उनीहरुले मन्त्रालयले समयमा सूचना नदिने र सकेसम्म सूचना लुकाउन खोज्ने गरेको भन्दै गुनासो गरेका थिए । यसका साथै स्वास्थ्य संवेदनशिल र प्राविधिक विट भएकाले पत्रकारहरुलाई पनि स्वास्थ्यकर्मीलाई जस्तै तालिम र अभिमुखीकरण आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा मन्त्री ढकालले आफूले सकेसम्म स्वास्थ्यका सूचना प्रवाह गर्ने संयन्त्रलाई चुस्तदुरुस्त राख्न कोशिश गर्ने आश्वासन समेत दिए। उनले स्वास्थ्यका सूचना प्रवाह गर्न स्वास्थ्य पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने पनि जिकीर गरे ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने