तारकेश्वर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाकाे बिमा
काठमाडौं : तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य र जीवन बिमा गर्ने भएको छ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरूलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बिमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए।
कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन्। आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बिमाका लागि १० लाख रूपैयाँ विनियोजन गरी काम अघि बढाएको जनाएको छ।
महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बिमाले गर्ने बताइएको छ। नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने