पूर्णरूपमा स्वस्थ नहुँदै काममा फर्किए प्रधानमन्त्री
काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर गत बिहीबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय हुन थालेका छन्। शल्यक्रियाको १४ दिनमात्रै पुग्दा उनले सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
१४ दिनअघि अचानक स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगी उनको शल्यक्रिया गरिएको थियो। डिस्चार्जकाे समयमा चिकित्सकहरूले उनलाई कम्तीमा साता\१० दिन आराम गर्न सुझाव दिएका छन्। बालुवाटारमै रहे पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमै छन्।
प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरूका बारेमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गरेका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने