विराटनगरमा सञ्चालनमा आयो ओम वेलनेस अस्पताल
विराटनगर : विराटनगर महानगरपालिका २ मा ओम वेलनेस अस्पताल स्थापना भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार अस्पतालकाे उद्घाटन गरे।
मुख्यमन्त्री राईले स्वस्थ रहन प्राकृतिक जीवनशैली प्राकृतिक चिकित्सा प्रणाली अपनाउनुपर्ने धारणा राखे। प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्नबाट बच्न सन्तुलित आहार र योग गर्न सुझाव दिए।
वेलनेस अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सात करोड ५० लाख रुपैयाँ लागतमा अस्पताल सञ्चालनमा आएको हो। अस्पतालमा उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पक्षाघात, मेरुदण्ड, नसा तथा जोर्नीका समस्या र माइग्रेनजस्ता शारीरिक समस्याको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्ने जानकारी कार्यक्रममा दिइयाे।
अस्पतालमा फिजियोथेरापी, मसाज, योग तथा तनाव व्यवस्थापनमा दक्ष चिकित्सकद्वारा सेवा प्रदान गर्ने सञ्चालिका नमिता न्यौपानेले बताइन्। अस्पतालमा तीन चिकित्सकसहित १० जनाले सेवा प्रदान गर्नेछन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने