आँखा उपचार केन्द्र आफ्नै भवनमा
चितवन : नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित रत्ननगर आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको छ। रत्ननगर अस्पतालले उपलब्ध गराएको जग्गामा ५२ लाख रुपैयाँ लागतमा भवन निर्माण गरी सेवा आरम्भ गरिएको हो।
पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, नेपाल नेत्रज्योति संघ चितवनका सभापति कृष्णराज धरेल र सेवा फाउण्डेसनका निर्देशक डा. सुजन डिलवडले आइतबार भवन उद्घाटन गरे।
सेवा फाउण्डेसनको २४ लाख रुपैयाँ, संसद् विकास कोषमार्फत प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको १५ लाख, रत्ननगर नगरपालिका वडा नं. २ को रु चार लाखसहित विभिन्न संघसंस्था र दाताको सहयोगमा पाँच कोठे एकतले भवन निर्माण गरिएको हो।
रत्ननगर आँखा उपचार केन्द्र २०७२ मा स्थापना भएको हो। सो केन्द्रबाट ठूला शल्यक्रियाबाहेक अन्य सेवा उपलब्ध हुँदै आएको छ। भवन उद्घाटनका अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको थियो। १७५ जनाको आँखा परीक्षण गरिएको र २७ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्न ल्याइएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो