स्वास्थ्यचौकी भवन बन्याे तर छैनन् स्वास्थ्यकर्मी
बेझाड(पाल्पा) : जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ।
सरकारको दुई करोड रुपैयाँ लागतमा २०७३ मा शिलान्यास भएकोदुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो। पहिलेकाे भवन जीर्ण भएपछि यहाँका स्थानीय, साविक गाविसको सहयोग र समन्वयमा करिब पाँच रोपनी जग्गाभित्र नयाँ भवन बनेको हाे।
याे स्वास्थ्यचौकीबाट करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन्। यस स्वास्थ्यचौकीमा हाल एक अहेब, एक अनमीसहित चार जना कर्मचारी कार्यरत छन्। सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या परेको छ।
गाउँपालिकाका सात वडामध्ये वडा नं ३, ५ र ७ मा प्रसूति सेवा सञ्चालन हुन सकेको छैन। गाउँपालिकाले आर्थिक वर्ष २०७६\०७७ मा प्रसूति सेवा सञ्चालन नभएका तीनवटै वडामा छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ।
गाउँमा रहेको स्वास्थ्यचौकीबाट प्रसूति सेवा सञ्चालन नहुँदा पैदल करिब डेढ घण्टा हिँडेर मित्याल स्वास्थ्यचौकीमै पुग्नुपर्ने बाध्यता छ। अब भने नयाँ भवन निर्माण भएसँगै सेवामा सहजता आउने स्थानीयले आशा गरेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण