दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक नेपालमा हुँदै
काठमाडौं: दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक नेपालमा सोमबारदेखि शुरु हुँदैछ ।
नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा आँखा स्वास्थ्यको पहुँच बढाउन विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले बैठकको आयोजना गर्न लागेको हो । बैठक भोलिदेखी चार दिनसम्म चल्नेछ ।
तिलगंगा आँखा प्रतिष्ठानको कार्यालयमा हुन लागेको बैठकमा दक्षिण पूर्वी एसिया क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुँदैछन्। बैठकमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टिलगायतका आँखा समस्याकावारेमा वृहत छलफल हुने बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण