दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक नेपालमा हुँदै
काठमाडौं: दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक नेपालमा सोमबारदेखि शुरु हुँदैछ ।
नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा आँखा स्वास्थ्यको पहुँच बढाउन विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले बैठकको आयोजना गर्न लागेको हो । बैठक भोलिदेखी चार दिनसम्म चल्नेछ ।
तिलगंगा आँखा प्रतिष्ठानको कार्यालयमा हुन लागेको बैठकमा दक्षिण पूर्वी एसिया क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुँदैछन्। बैठकमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टिलगायतका आँखा समस्याकावारेमा वृहत छलफल हुने बताइएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा