बालुवाटार पुगी उपराष्ट्रपतिले लिए प्रधानमन्त्रीकाे स्वास्थ्यबारे जानकारी
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनकाे स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।
शुक्रबार बिहान ९ बजे बालुवाटार पुगेका पुनले प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्यअवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरे।
बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन्। उनले निवासमै पुग्नेहरूसँग भेटघाट तथा कुराकानी गर्ने गरेकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएकाे थियाे। १० दिन अस्पतालमा रही उनी बिहीबार डिस्चार्ज भएका थिए।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल