बालुवाटार पुगी उपराष्ट्रपतिले लिए प्रधानमन्त्रीकाे स्वास्थ्यबारे जानकारी
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनकाे स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।
शुक्रबार बिहान ९ बजे बालुवाटार पुगेका पुनले प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्यअवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरे।
बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन्। उनले निवासमै पुग्नेहरूसँग भेटघाट तथा कुराकानी गर्ने गरेकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएकाे थियाे। १० दिन अस्पतालमा रही उनी बिहीबार डिस्चार्ज भएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण