स्वास्थ्य स्वयंसेविकालाई सम्मान
लमजुङ : बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले तीन स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। मातृशिशु स्वास्थ्यको क्षेत्रमा सक्रिय भई काम गरेको भन्दै तीन स्वयंसेविकालाई शाखाले सम्मान गरेको हो।
१६ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बेसीशहर नगरपालिका ७ भलुवाटारकी सरस्वती पौडेल, वडा नं. ८ शेराकी इन्द्र अर्याल र वडा नं.९ सुशीला अधिकारीलाई बिहीबार स्वास्थ्य कार्यालय लमजुङमा कार्यक्रम गरी दोसल्लासहित सम्मान गरेको हो।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मनोज बोहोराले निस्वार्थ भावनाले लागेका स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित भइरहेकाे बताए।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र