स्वास्थ्य स्वयंसेविकालाई सम्मान
लमजुङ : बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले तीन स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। मातृशिशु स्वास्थ्यको क्षेत्रमा सक्रिय भई काम गरेको भन्दै तीन स्वयंसेविकालाई शाखाले सम्मान गरेको हो।
१६ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बेसीशहर नगरपालिका ७ भलुवाटारकी सरस्वती पौडेल, वडा नं. ८ शेराकी इन्द्र अर्याल र वडा नं.९ सुशीला अधिकारीलाई बिहीबार स्वास्थ्य कार्यालय लमजुङमा कार्यक्रम गरी दोसल्लासहित सम्मान गरेको हो।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मनोज बोहोराले निस्वार्थ भावनाले लागेका स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित भइरहेकाे बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित