प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५५ हजार रुपैयाँ!
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा रहँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ शुल्क उठेको निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार शल्यक्रिया, आईसीयू, शय्या र औषधि उपचारको खर्च हो।
सेन्टरमा आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ। प्रधानमन्त्रीलाई सामान्य नागरिकसरह नै शुल्क लिएको अस्पतालले जनाएको छ।
१० दिनअघि यहाँ ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।
यसअघि मिर्गौला उपचारका लागि दुईपटक सिंगापुर जाँदा उपचार खर्च सार्वजनिक नगरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै