Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेजले लिएको शुल्क छानबिन गर्न कार्यदल गठन

मेडिकल कलेजले लिएको शुल्क छानबिन गर्न कार्यदल गठन

काठमाडौं : मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न चिकित्सा शिक्षा आयोगले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

शैक्षिक सत्र २०७२\७३ र ०७३\७४ मा मेडिकल कलेजहरूले लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गर्न आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्।

यही मंसिर १० गते सरकार र मेडिकल कलेजबीचको बैठकपछि दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार