मेडिकल कलेजले लिएको शुल्क छानबिन गर्न कार्यदल गठन
काठमाडौं : मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न चिकित्सा शिक्षा आयोगले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
शैक्षिक सत्र २०७२\७३ र ०७३\७४ मा मेडिकल कलेजहरूले लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गर्न आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्।
यही मंसिर १० गते सरकार र मेडिकल कलेजबीचको बैठकपछि दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित