प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निष्कर्षसहित चिकित्सकहरूले ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन्। उपचारमा संलग्न डा. अरुण सायमीले रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिएको जानकारी दिए।
बिहीबार बिहान बसेको चिकित्सकहरूको बैठकले साँझसम्म डिस्चार्ज गर्न सकिने निष्कर्ष निकालेको थियो। उनलाई अरु केही दिन आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए। डिस्चार्ज हुनुअघि बिहीबार नै ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालमै भेटेकी थिइन्।
१० दिनअघि मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री मिर्गौलारोगीसमेत हुन्। अस्पताल बसाइको अवधिमा दुईपटक डाइलासिससमेत गरिएको थियाे।
अस्पतालले जारी गरेकाे विज्ञप्ति






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित