ओमनमा दुई हजार ९२७ जनालाई एचआईभी एड्स
ओमनमा दुई हजार ९२७ जना एचआईभी\एड्स संक्रमित रहेको पाइएको छ। अहिले सार्वजनिक भएको तथ्यांक सन् २०१८ को हो।
राष्ट्रिय तथ्यांक तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा एचआईभी\एड्स संक्रमितहरूको संख्या ५.२ प्रतिशतले घटेको छ।
एचआईभी\एड्स प्रभावितमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन्। यो समूहका संक्रमितको संख्या एक हजार ८६६ रहेको तथ्यांकमा उल्लेख छ।
त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ। उनीहरूको संख्या ५४३ रहेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका संक्रमितको संख्या ३२९ छ। त्यसैगरी २५ देखि ४९ वर्षसम्मका १२० जना छन्।
चार वर्षमुनिका ६९ जना बालबालिकालाई पनि एचआईभी\एड्स भएको पाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण