फिस्टुलाबारे स्वास्थ्य स्वयंसेविकालाई तालिम
दैलेख : महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण तालिम दिइएको छ।
नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको तालिममा नगरपालिकाभित्रका स्वयंसेविकाहरूको सहभागिता रहेको छ।
फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो। महिलामा बच्चा जन्माउँदा हुने जटिलताका कारणफिस्टुला हुन्छ। सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ। सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ।
मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ। यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारमा पनि अपहेलित हुने अवस्था हुन्छ।
महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालिम आयोजना गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए।
स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेकाले कार्यक्रम आयोजना गरेको हमालले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित