Health TV Online
Health TV Online
Health TV Online

औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले बोलायो तत्कालीन महानिर्देशक सिंहलाई

औषधि खरिद अनियमितताबारे  बयान लिन अख्तियारले बोलायो तत्कालीन महानिर्देशक सिंहलाई

काठमाडौं :बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई डाकेको छ। आयोगले डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो ।

आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नम्बर २ मा सम्पर्क गर्न निर्देशन दिएको छ। उपस्थित नभए  कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२\७३ र ०७३\७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो । ती वर्ष औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ।

डा. सिंह घुस रकमसहित आयोगको टोलीद्वारा पक्राउ पनि परेका थिए। कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाउने नाममा कर्मचारीहरूसँग घुस लिएको आरोपमा गत २०७४ साउन ९ गते उनी पक्राउ परेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार