प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अस्पतालमै बसेर स्वास्थ्यलाभ गर्ने भएका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्रीले केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।
अस्पतालमा भन्दा सरकारी निवास बालुवाटार गएरै आराम गर्ने मनसाय व्यक्त गरेपछि प्रधानमन्त्रीलाई बुधबार साँझ वा बिहीबार बिहानसम्म डिस्चार्ज गर्ने तयारी चिकित्सकहरूले गरेका थिए। तर अस्पतालमै उपचार सहज हुने भन्दै केही दिन त्यहीँ राख्ने निर्णय गरेको चिकित्सकहरूले बताएका छन्।
उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ। यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल