प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सकको परामर्शपछि
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाहमा उचित समयमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ।
पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको डाइलासिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रममा छ’, उनले भने, ‘मिर्गौलाको आवश्यकता अनुसार डाइलासिसको प्रक्रिया पनि जारी छ। यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ।’
सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरूले बताएका छन्। यही मंसिर १० गते उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?