चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो
काठमाडौं : मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।
नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययनरत विद्यार्थीहरूले परीक्षा बहिस्कार गरेका हुन्। चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेशपत्र नै जलाएका छन्।
गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौतापत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमतिप्रति आपत्ति जनाउँदै उनीहरूले परीक्षा बहिस्कार गर्ने निर्णय गरेका हुन्।
उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरूले परीक्षा बहिस्कार गरेका हुन्। परीक्षा बिहीबार हुँदैछ ।।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै