खाेप लगाएकै दिन बालककाे मृत्यु
डोटी : जोरायल गाउँपालिका–१, घण्टेश्वर खारमा खोप लगाएकै दिन बालककाे एक मृत्यु भएकाे छ। खाेपकै कारण बालक पुष्कर मल्लको मृत्यु भएको परिवारकाे भनाइ छ। घण्टेश्वर स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु नभएको दाबी गरेको छ।
मंगलबार दिउँसो डीपीटी पेन्टा, एफआईपीभी खोप लगाइएका र पोलियो थोपा खुवाइएका पुष्करको राति सुतेकै अवस्थामा मृत्यु भएको थियो। खोपकै कारण बालककाे मृत्यु भएको उनको हजुरबुबा टेकबहादुरले दाबी गरे।
स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ। स्वास्थ्यचौकीका इन्चार्ज हिरा भट्टले खोपका कारण भए आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिने भन्दै अरू नै कारणले बालककाे मृत्यु भएकाे दाबी गरे।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स