खाेप लगाएकै दिन बालककाे मृत्यु
डोटी : जोरायल गाउँपालिका–१, घण्टेश्वर खारमा खोप लगाएकै दिन बालककाे एक मृत्यु भएकाे छ। खाेपकै कारण बालक पुष्कर मल्लको मृत्यु भएको परिवारकाे भनाइ छ। घण्टेश्वर स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु नभएको दाबी गरेको छ।
मंगलबार दिउँसो डीपीटी पेन्टा, एफआईपीभी खोप लगाइएका र पोलियो थोपा खुवाइएका पुष्करको राति सुतेकै अवस्थामा मृत्यु भएको थियो। खोपकै कारण बालककाे मृत्यु भएको उनको हजुरबुबा टेकबहादुरले दाबी गरे।
स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ। स्वास्थ्यचौकीका इन्चार्ज हिरा भट्टले खोपका कारण भए आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिने भन्दै अरू नै कारणले बालककाे मृत्यु भएकाे दाबी गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण