Health TV Online
Health TV Online
Health TV Online

‘अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकाेण बदल्नुपर्छ’

‘अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकाेण बदल्नुपर्छ’

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगता भएका व्यक्तिहरूलाई अन्य नागरिकजस्तै व्यवहार गर्नुपर्ने बताएका छन्। उनले समाजमा अझै पनि फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकाेण सकारात्मक हुन नसकेकाे भन्दै चिन्ता व्यक्त गरे।

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा एसियाली बौद्धिक अपांगता महासंघद्वारा आयाेजित अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति पुनले प्रेरणा र प्रोत्साहन पाए फरक क्षमता भएकाहरूले पनि उत्कृष्ट काम गर्नसक्ने बताए।

चार दिन चल्ने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र मलेसियालगायत एसियाली १४ देशका प्रतिनिधि सहभागी छन्। सम्मेलनले एसियाली मुलुकमा अपांगता भएकाहरूले भोग्नुपरेका समस्या र समाधानका बारेमा छलफल गर्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार