डडेल्धुरामा एचआईभी संक्रमितको संख्या बढ्याे
डडेल्धुरा : देशभर एचआईभी संक्रमितको संख्या घटेको तथ्यांक आइरहँदा डडेल्धुरामामा भने बढेकाे देखिएको छ । एचआईभी संक्रमितमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्यांकले जनाएको छ।
एचआईभी संक्मित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन्। बाँकी सङ्क्रमितकामका लागि अन्य स्थान वा भारत जाने–आउने गरिरहँदा नियमित औषधि सेवन नगरेको बताइएको छ ।
तीमध्ये आठ शिशुसमेत एचआईभी संक्रमित छन् । संक्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। करिब १० वर्षदेखि एआरटी सेवा लिइरहेकी संक्रमित पशुपति साउदले कामको सिलसिलामा भारत गएका श्रीमानबाट आफूलाई सरेको बताइन्। यही रोगकले करिब १० वर्षअघि श्रीमान् बितेको उनले जानकारी दिइन्
उनीलगायत अन्य एचआइभी सङ्क्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ । रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दको भनाइ छ । ‘जिल्लामा रहेका एआरटी लिइरहेका ९६ जना एचआइभी सङ्क्रमितहरू सबै भारतमा रोजगारी गर्न गएकामध्येका नै हुन्’, उनले भने।
खुला सिमाना भएको र सीमामा कुनै जाँच नै नहुने हुँदा भारत जाने मानिसमा बढी एचआईभी संक्रमण हुने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए। भारत जाने–आउने संक्रमितले नियमित औषधि नलिँदा र जाँच नगर्दा तथ्यांकसमेत राख्न समस्या भएको छ ।
जिल्लाका अन्य क्षेत्रसँगै भित्री मधेश जोगबुढाबाट कामका लागि भारत जानेको संख्या पनि धेरै छ। अधिकांश मानिस घरमा काम हुँदा फर्किने र बाँकी समय घरपरिवारको खर्च धान्नका लागि ज्यालादारी गर्न भारत जाने गर्छन्। असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई तथा अन्य माध्यमले एचआइभी संक्रमित हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित