Health TV Online
Health TV Online
Health TV Online

भरतपुर पुगेर स्वास्थ्यमन्त्री ढकालले चिकित्सकलाई भने, अस्पतालमा राजनीति नगर्नुस्

भरतपुर पुगेर स्वास्थ्यमन्त्री ढकालले चिकित्सकलाई भने, अस्पतालमा राजनीति नगर्नुस्

चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकलाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्।

आइतबार भरतपुर अस्पतालको निरीक्षण गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न अस्पताल प्रशासन र चिकित्सकहरूलाई सुझाव दिएका हुन्। ‘अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु’, उनले भने, ‘म त्यो रोक्ने प्रयत्न गर्नेछु।’

अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने भन्दै उनले। गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताए।

सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै मन्त्री ढकालले यसलाई कटौती गर्ने तयारीमा रहेको जानकारी दिए। ‘स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाइयो’, उनले भने, ‘यो बेथिति रोक्नेछु।’

भरतपुर अस्पतालले आफ्नो जमिन अरुलाई बाँडिसकेको भन्दै उनले सम्पत्ति भएर सुकुमवासीजस्तो भएको टिप्पणी गरे। मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताए।

यस क्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराएका थिए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार