भिडियो एक्सरे सेवा अवरूद्ध
जाजरकोट गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत् गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन।
जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो। २०६६ मा स्थापना भएको अस्पतालमा इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ।
विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महंंगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन नेत्रबहादुर शाहीले बताए। इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स