एम्बुलेन्स खरिद गर्न साँस्कृतिक मेला
चितवन : माडीमा एम्बुलेन्स खरिदका लागि साँस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा माडी नगरपालिका–१ बरुवा बजारमा मेला हुन लागेको हो।
मेलाका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दैै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पुर्याउने बताइएको छ। मेला यही मंसिर २० देखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल