शरीरमा एचआईभी छ, तर आफैँलाई थाहा छैन
ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफूलाई एचआईभी एड्स भएको विषयमा अनभिज्ञ भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्बन्धी जनचेतनामूलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो।
मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामूलक विशेष अभियान शुरु गर्न लागेको छ। देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरूले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अपनाउनेलगायतका विषयमा जनेचतना जगाउने भएको छ ।
‘एचआईभी पोजिटिभ’ भएकाहरूलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ। उनीहरूले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ।
ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरूको संख्यामा १३.६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२.८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने