भारतमा बलात्कारपछि महिला चिकित्सकको हत्या
भारतको तेलंगना राज्यको हैदरावादमा एक महिला चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। बिहीबार राति घर फर्किने क्रममा पशु चिकित्सक २७ वर्षीया प्रियंका रेड्डीलाई केही व्यक्तिले बलात्कार गरी हत्या गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार डा. प्रियंका सधैँ अस्पतालबाट ड्युटी सकेर साँझ ५ बजे क्लिनिक जाने गर्थिन्। त्यहाँबाट बेलुकी घर फर्किन्थिन्। बिहीबार उनी घर फर्किँदा रातको सवा ९ बजेको थियो। बाटोमा स्कुटर पञ्चर भएपछि उनी ओर्लेकी थिइन्। त्यसपछि उनले नजिकै देखिएको एक ट्रकमा रहेकाहरूसँग सहयोग मागेकी थिइन्।
सहयोग गर्ने नाममा स्कुटर लैजाँदै उनीहरूले डा. प्रियंकालाई सुनसान ठाउँमा लगी सामूहिक बलात्कार गरी हत्या गरेका थिए। त्यसपछि प्रमाण नष्ट गर्ने उद्देश्यले उनलाई जलाउने प्रयास गरिएको थियो। भोलिपल्ट बिहान एक निर्माणाधीन पुलमुनि आधा जलेको अवस्थामा उनको शव भेटिएको थियो।
घटनापछि दुई दिनको बिचमा प्रहरीले शकास्पद चारजनालाई नियन्त्रणमा लिएको बताएको छ।
Photo: patrika.com
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने