भारतमा बलात्कारपछि महिला चिकित्सकको हत्या
भारतको तेलंगना राज्यको हैदरावादमा एक महिला चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। बिहीबार राति घर फर्किने क्रममा पशु चिकित्सक २७ वर्षीया प्रियंका रेड्डीलाई केही व्यक्तिले बलात्कार गरी हत्या गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार डा. प्रियंका सधैँ अस्पतालबाट ड्युटी सकेर साँझ ५ बजे क्लिनिक जाने गर्थिन्। त्यहाँबाट बेलुकी घर फर्किन्थिन्। बिहीबार उनी घर फर्किँदा रातको सवा ९ बजेको थियो। बाटोमा स्कुटर पञ्चर भएपछि उनी ओर्लेकी थिइन्। त्यसपछि उनले नजिकै देखिएको एक ट्रकमा रहेकाहरूसँग सहयोग मागेकी थिइन्।
सहयोग गर्ने नाममा स्कुटर लैजाँदै उनीहरूले डा. प्रियंकालाई सुनसान ठाउँमा लगी सामूहिक बलात्कार गरी हत्या गरेका थिए। त्यसपछि प्रमाण नष्ट गर्ने उद्देश्यले उनलाई जलाउने प्रयास गरिएको थियो। भोलिपल्ट बिहान एक निर्माणाधीन पुलमुनि आधा जलेको अवस्थामा उनको शव भेटिएको थियो।
घटनापछि दुई दिनको बिचमा प्रहरीले शकास्पद चारजनालाई नियन्त्रणमा लिएको बताएको छ।
Photo: patrika.com





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण