मलङ्गवा अस्पतालमा आगलागी
सर्लाही : मलङ्वा अस्पतालमा आगलागी भएको छ। विद्युत सट भई अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिए।
मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको थियो।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो