प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरूको बैठक
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरूको बैठक जारी छ। अहिलेसम्मको उपचारको समीक्षा र भावी उपचारको शैली तय गर्न डा. अरुण सायमीको नेतृत्वमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बैठक बसेकाे हाे।
बैठकमा प्रधानमन्त्रीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गर्ने वा शिक्षण अस्पताल लैजाने भन्ने विषयमा छलफल हुँदै गरेको एक चिकित्सकले बताए। मनमोहनमा डाइलासिस मेसिन नभएकाले पनि प्रधानमन्त्रीलाई शिक्षण असपतालमा सार्न खाेजिएको हो।
एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। शिक्षण अस्पतालबाट डायलाइसिस मेसिन ल्याएर उनको रगत सफा गरिएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित